मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

पांमा कप :
नवौं पांमा कप फुटबल प्रतियोगिता शुरु, ८ क्लबको सहभागी

Sankhuwasabhapress 613+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ पांमास्थित भगीवन्त रंगशालामा नवौं पांमा कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ ।

सोमबार एक समारोह बीच खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले नौ वटा मैनबत्ती बालेर प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरेका थिए । 

नगर प्रमुख थपलियाले ब्याबसायिक खेलकुदको विकासको लागि खाँदबारी नगरपालिकाले सहयोग गर्ने र आगामी दिनमा अझै ठूलो प्रतियोगिता गर्न नगरपालिकाले सहयोग गर्ने बताए । किराँतहरुको महानपर्व उधौली धान्यपूर्णिमाको सम्पूर्ण महानुभावहरुलाई नगर प्रमुख थपलियाले शुभकामना दिए ।

प्रतियोगिताको पहिलो दिन पहिलो खेल आयोजक लोहोरुङ क्लब र मकालु फ्रेन्डस क्लब बीच प्रतिस्पर्धा भएको थियो । खेलको शुरुमा नै आयोजक लोहोरुङ क्लबका सौर्य राउतले १ गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको केहीसमय पछि मकालु फ्रेन्डसका अनिश परियारले १ गोल फर्काए भने हाफ टाइम पछि पुनः मकालु फ्रेन्डसका युवराज ढकालले १ गोल थप गर्दै १ को विरुद्ध २ गोल गर्दै विजयी बने । 

त्यसैगरि दोस्रो खेल सभापोखरी क्लब र तीनपोखरी क्लब बीच भएको थियो । सभापोखरीले तीनपोखरीलाई शुन्यको विरुद्ध २ गोल गर्दै विजयी बने ।  

उक्त प्रतियोगितामा पूर्वका नाम चलेका आयोजक लोहोरुङ क्लब, सेकाहा क्लब, मकालु फ्रेन्डस, खाँदबारी युथ क्लब, तीनपोखरी क्लब, सभापोखरी क्लब, एडभान्स क्लब र सोमबार क्लब (भोजपुर) लगायत ८ वटा क्लबको सहभागीता रहेको प्रतियोगिता संयोजक ध्यानसिं राईले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद’ भन्ने नारासहित किराँतहरुको महानचाड उद्यौली पर्व धान्य पूर्णिमाको अवसरमा आयोजना भएको प्रतियोगिता १९ मंसिर ढाडेबजारको दिन समापन हुनेछ । 

प्रतियोगिताका विजेताले नगद २ लाख ५० हजार, टफि, मेडल र प्रमाणपत्र, उपविजेतालाई नगद १ लाख, टफि, मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरि सान्त्वना पुरस्कार दुई टिमलाई नगद २५/२५ हजार रुपैया रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार