मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

सदरमुकाम खाँदबारी
खाँदबारीका अब्यबस्थित र प्रयोगविहिन तार हटाउँदै खाँदबारी युथ

Sankhuwasabhapress 613+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी बजार र आसपासका क्षेत्रमा अब्यबस्थित र प्रयोगविहिन तारले बजार नै कुरुप हुदैं गएपछि स्थानीय खाँदबारी युथ क्लबले तार हटाउन थालेका छन्।

खाँदबारी नगर क्षेत्रभित्र जथाभावी झुण्डिएका, लत्रिएका तार ब्यवस्थापनका लागि खाँदबारी युथ क्लबले सकृयता बढाएको हो । नेपाल टेलिकम, विभिन्न केवल नेटवर्क र ईन्टरनेट सेवा प्रदायकहरुले बिजुलीको पोललाई लक्षित गरि झुण्ड्याएका तारले खाँदबारी बजारको सौन्दर्य कुरुप बनाएको थियो ।

अब्यवस्थित तारहरुका कारण यातायातका ठूला साधान र वारुण यन्त्र (दमकल) संचालनमा समस्या भएकाले खाँदबारी युथ क्लबले तार ब्यबस्थापनको अभियान संचालन गरेको हो ।

केही महिना अघि देखि तार ब्यवस्थापनमा खटिरहेका युवाहरुले अहिले खाँदबारी नगरपालिका–१ दुरसंचार डाँडा देखि खाँदबारी नगरपालिका–३ मंगलादेवीथान सम्मको अब्यवस्थित तार हटाईसकेका छन् । युवाहरुले तार ब्यवस्थापनका लागि देखाएको सकृयताको अहिले सिंगो बजार र नगरबासीहरुले प्रशंसा गरेका छन् ।

तार ब्यवस्थापनका लागि खाँदबारी नगरपालिकाले समेत सहकार्यको प्रतिबद्धता जनाएको क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । सेवाप्रदायक संस्थाले जथाभावी जडान गरेको तारहरु छरपष्ट हुँदा नगरको कुरुपता बढेको जनगुनासो बढ्न थालेपछि युथ क्लबले अभियानको थालनी गरेको महासचिब शाक्यले बताए ।

अब्यबस्थित तार ब्यबस्थापनका लागि खाँदबारी नगरपालिकाले दमकल उपलब्ध गराएका थिए । युवाहरुले दमकलमा चढेर तार काटेर फ्याक्ने र ब्यबस्थित तरिकाले बाँध्ने काम गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार