मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

स्ववियु चुनाव :
संखुवासभाको तीन वटा क्याम्पसमा स्ववियु चुनाव हुने, संखुवासभा बहुमुखी क्याम्पसमा सर्वसम्मत समिति चयन

Sankhuwasabhapress 613+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

संखुवासभा । जिल्लाको तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ । जिल्लाका चार वटा क्याम्पस मध्ये खाँदबारीस्थित रहेको बरुण बहुमुखी क्याम्पस, मादी बहुमुखी क्याम्पस मादी, धर्मदेवी माम्लिङका रामेश्वर क्याम्पस गरि तीन वटा क्याम्पसमा चुनाव हुने भएको हो । चैनपुरमा रहेको संखुवासभा बहुमुखी क्याम्पसमा भने सर्वसम्मत समिति चयन भएको छ । तीन वटै क्याम्पसमा चुनावको तयारी तीव्र रुपमा चलेको छ ।

सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसमा तीन वटै विद्यार्थी संगठनले एक्ला–एक्लै चुनाव लड्ने भएका छन् । बरुण क्याम्पसमा नेवि संघबाट सभापतिमा हिमाल गुरुङ (सलिन), अनेरास्ववियुबाट स्मृति राई र अखिल क्रान्तिकारीबाट सुवास कुलुङ उम्मेदवार रहेका छन् । यसअघि बरुण क्याम्पसमा नेवि संघबाट जनक राई सभापतिमा निर्वाचीत भएका थिए। त्यसैगरि मादी बहुमुखी क्याम्पसमा नेवि संघ र अनेरास्ववियुले सिंगल रुपमा चुनाव लड्ने भएका छन् । मादीमा नेवि संघबाट एलिना कार्कीढोली सभापतिमा उम्मेदवार बनेकी छिन् भने सबै पदमा उम्मेदवारी दिइसकेका छन् । अनेरास्ववियुबाट भिमकुमारी कार्की सभापतिको उम्मेदवार बनेका छिन् भने सबै पदमा उम्मेदवारी दिएको छ । 

त्यसैगरि रामेश्वर क्याम्पसमा पनि नेवि संघ र अनेरास्ववियुले सिंगल रुपमा चुनाव लड्ने भएका छन् । रामेश्वर क्याम्पसमा नेवि संघबाट सभापतिमा मोहनसिंह सोम्याङ उम्मेदवार बनेका छन् भने सबै पदमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियुबाट हर्कबहादुर बयलकोटी सभापतिको उम्मेदवार बनेका छन् भने सबै पदमा उम्मेदवारी दिएका छन् । 

संखुवासभाको तीनवटै क्याम्पसमा नेवि संघ र अनेरास्ववियु बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विद्यार्थी नेताहरु  बताउँछन् । संखुवासभा बहुमखी क्याम्पस चैनपुरमा अनेरास्ववियुका चेतन भण्डारी सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

स्ववियु कार्यतालिका अनुसार फागुन २७ गते उम्मेदवारी मनोनयन दर्ता गरिएको हो । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोली चैत ५ गते स्ववियु चुनाव हुने निश्चित भएको छ । त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव हुन लागेको हो । चुनावमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार