मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

अरुण तेस्रो :
प्रधानमन्त्री दाहालद्धारा अरुण तेस्रो जलविद्युत्त आयोजनाको मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रू’

Sankhuwasabhapress 613+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गको प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रेक थ्रू’ गरेका छन् ।

मंगलबार जिल्लाको मकालु गाउँपालिका–५ आमराङस्थित अडिट–२ को मुख्य सुरुङ मार्गको प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रू’ गरेका हुन् । अरुण जलविद्युत्त आयोजनाको ‘ब्रेक थ्रू’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको विकासको लागि सरकार लागि रहेको बताए । 

उक्त ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री दाहाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, संखुवासभाबाट निर्वाचीत प्रदेश साँसद तथा हाल कोशी प्रदेश स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, सतलज कम्पनीका अध्यक्ष सुशील शर्मा, भारतीय सतलज कम्पनी एसजेवीएन)का सिइओ अरुण धिमान, नेपाल सरकार उच्च पदाधिकारी, सुरक्षा प्रमुखहरु लगायतको सहभागीता रहेको थियो । प्रधानमन्त्री दाहाल लगायतका उच्च पदाधिकारीहरु हेलिकप्टर मार्फत आमराङमा ओर्लिएका थिए । 

उक्त प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रू’ कार्यक्रम सम्पन्न गरि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवामा रहेको पावारहाउस गृहमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर, मौसम प्रतिकुलताको कारण देखाउर्दै प्रधानमन्त्री दाहाल पावारहाउस क्षेत्रको हेलिकप्टरबाट नै अवलोकन गरेर फर्किएका थिए । 

अरुण तेस्रो जलविद्युत्त् आयोजनाको निर्माणको काम भारतीय सतलज कम्पनी (एसजेवीएन)ले गरिरहेको छ । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउने बताइएको छ । आयोजना बनाउन एक खर्ब १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । सन् २०२५ भित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको छ भने हालसम्म पावारहाउस र ड्यामसाइटमा गरि ७५ प्रतिशत भन्दा बढि काम सम्पन्न भईसकेको सतलजले जनाएको छ । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार