मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

शताब्दी युग पुरूष :
दारीलामा स्मृति प्रतिष्ठान गठन हुदैं

Sankhuwasabhapress 612+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

संखुवासभा । तमू (गुरुङ)हरुको पूरोहित कर्मकाण्ठ गर्ने लामा गुरु दारी लामा (मानवीर गुरुङ)को स्मृति प्रतिष्ठान गठन हुने भएको छ ।

दारी लामाको छोराहरु बीरसिङ गुरुङ र नरबहादुर गुरुङको अगुवाईमा स्मृति प्रतिष्ठान गठन कार्य अघि बढेको हो । मंगलबार चिचिला गाउँपालिकाको सभाहलमा स्मृति प्रतिष्ठानका बिषयमा छलफल आयोजना गरिएको थियो । गुरुङहरुको साझा संस्था तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष मित्रकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा विशिष्ट अतिथी चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पा, उपाध्यक्ष मनकला राई, १ नं. का वडाध्यक्ष पूर्णकुमार राई, ४ नं. का वडाध्यक्ष बालकुमार तामाङ लगायत तमू प्ये ल्हु संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त छलफल कार्यक्रममा शताब्दी युग पुरूष दारीलामा स्मृति प्रतिष्ठानको विधानको बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरुले दारी लामा गुरुङ समुदायको मुर्धन्य ब्यक्तित्व भएकाले सम्मानजनक रुपमा स्मृति गठन गरि विभिन्न कामहरु गर्नुपर्नेमा जोड दिएका थिए । 

उक्त छलफल कार्यक्रमलाई सम्बोधन गर्दै चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले दारी लामा चिचिला गाउँपालिकाको गहना भएको बताउर्दै दारी लामाको संम्झनामा प्रतिष्ठान गठन गर्नु अत्यन्तै राम्रो काम भएकाले आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले प्रतिष्ठान गठन गरेर मात्रै नहुने बताउर्दै देशविदेशबाट विभिन्न संस्थाहरुसँग आवद्ध भई कार्यक्रम संचालन गर्न बजेट ल्याउने भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष मित्रकुमार गुरुङले दारी लामाको ब्यक्तित्व र धर्म गुरु, कर्मकाण्डका बारेमा आफ्नो धारणा राखेका थिए । दारी लामा शताब्दी पुरुष भएकाले उहाँको सम्मानमा विभिन्न कामहरु गरि सम्झनुपर्ने बताए ।

वि.सं. १९७५ सालमा जन्मनुभएका दारी लामाको २०८१ फागुन ३ गते १०६ बर्षको उमेरमा निधन भएको थियो । दारी लामाको संम्झनामा चिचिला बजारमा चौक नामाकरण समेत भइसकेको छ भने निकट दिनमा मूर्ति समेत स्थापना गर्ने तयारीमा जुटेको छोरा बीरसिङ गुरुङले जानकारी दिए । लामाको जीवनमा आधारित भएर ‘दारी लामा : शब्दचित्र’ समेत यसअघि नै पुस्तक प्रकाशित भईसकेको छ । गुरुङ जातिको कर्मकाण्ड गर्ने धर्मगुरु दारीलामाले थुप्रै चेलाहरु उत्पादन गरेका छ्न । उनी गुरुङको वोन्पो लम हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार