मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

ठेकेदारको हेलचेक्राई :
'पर्याप्त बजेट हुँदा पनि खाँदबारी–किमाथांका सडकको काम नहुनु चिन्ताजनक : राज्यमन्त्री चपाई'

Sankhuwasabhapress 612+ समाचार ( )
९ पौष २०८०, सोमबार

संखुवासभा । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले संखुवासभाको खाँदबारी–किमाथांका सडकमा पर्याप्त बजेट हुँदाहुँदै पनि काम नहुनु चिन्ताको विषय बनेको बताएकी छिन्।

आइतबार सदरमुकाम खाँदबारीमा पत्रकार भेटघाटमा राज्यमन्त्री चपाईले त्रिदेशीय लिंकको रूपमा जोडिने भारतको जोगबनीदेखि चीनसम्म जोडिने उत्तरदक्षिण कोसी राजमार्गमा बजेट हुँदाहुँदै पनि निर्माण कम्पनीको हेलचेक्य्राइँले समयसीमाभित्र काम नगर्दा स्थानीयहरूले सास्ती खेप्नुपरेको बताइन्।

मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्न आएकी राज्यमन्त्री चपाई चीनको सिमाना जोडिने खाँदबारी–किमाथांका सडकअन्तर्गत भोटखोलाको बरुण नदीसम्म अनुगमनमा पुगेकी थिइन्।

स्थलगत अनुगमनपछि खाँदबारीमा पत्रकारहरूसँग उनले भनिन्, ‘खाँदबारीदेखि उत्तरी क्षेत्रको सडकको अवस्था दर्दनाक रहेछ। स्थानीय नागरिकहरूले सडकको कारण निकै समस्या भोग्नुपरेको आफैँले स्थलगत अवलोकन गरेँ। अब मन्त्रालय फर्किएर यहाँको स्थलगत रिपार्टिङ हुन्छ, त्यसको पछि यसको समस्या समाधान र भावी योजना बनाएर काम गर्छौँ। अरू ठाउँमा बजेट अभावको कारण काम भएन भन्ने हुन्छ, तर यहाँ बजेट भएर पनि निर्माण कम्पनीले समयमा काम नगर्दा समस्या भएको देखियो। अब मन्त्रालयले आवश्यक ‘एक्सन’ लिन्छ।’

खाँदबारीभन्दा माथिका सडकमा अरुण तेस्रो परियोजनाको कारणले पनि समस्या भएको पाइएको उल्लेख गर्दै राज्यमन्त्री चपाईले समाधान निकाल्ने विषयमा गम्भीर बनेको बताइन्।

भिडियो पनि हेर्नुहोस । 

https://www.youtube.com/watch?v=zxM0Mm9-BOo

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार