मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

इन्सेक :
संखुवासभामा एक बर्षमा ३७ वटा मानव अधिकार उलङ्घनका घटना

Sankhuwasabhapress 612+ समाचार ( )
२५ मंगशिर २०८२, बिहीबार

संखुवासभा । संखुवासभामा एक बर्षको अवधीमा ३७ वटा मानवअधिकार उलङ्घनका घटना भएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा  राज्य पक्षबाट एउटा र अन्य पक्षबाट ३६ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । ३ बर्षे बालिका बलात्कृत हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ ।

आज बुधबार सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ३७ वटा घटनामा ३७ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताउनुभयो । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा अमानविय ब्यवहार एक,हत्या एक, बाल अधिकार विरुद्ध १८ वटा,महिला अधिकार विरुद्ध १५ वटा मानवअधिकार उलङ्घनका घटना भएको इन्सेकले उल्लेख गरेको छ । पछिल्लो समय ३ बर्षे बालिका देखि  शारिरिक अपाङ्गता भएका महिला बलात्कृत हुनु तथा  मानव अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले समुदाय स्तरमा सचेता परार्मश र हिंसा भइसकेपछि कानुनी उपचार पुनस्र्थापना जरुरी भएको बताउनुभयो  । मानव अधिकार उलङ्घनका घटना कमी ल्याउन स्थानीय सरकार सरोकारवाला निकाय सबैको उल्लेखनीय भूमिका महत्वपूर्ण रहने समन्वय प्रमुख शाक्यको भनाइ छ । 

त्यस्तैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार हत्या,हिंसा बलातकार जस्ता ७० प्रतिशत घटना आफन्त,छिमेकी र चिनजानकै ब्यक्तिबा हुने गरेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार