मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

संखुवासभाको चैनपुर
सिद्धकाली मन्दिर परिसरमा सत्यदेवीको दायाँ सतिनयन प्रस्थिापन

Sankhuwasabhapress 612+ समाचार ( )
१७ मंगशिर २०८०, आइतबार
  • मोहनकुमार राई 

चैनपुर । संखुवासभाको चैनपुर नगरपालिका—३ स्थित पूर्वकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा सत्यदेवीको दाया सतिनयन प्रतिस्थापन गरिएको छ । 

शनिवार संखुवासभाका संघीय सांसद दिपक खड्काद्वारा एक कार्यक्रमका वीच सतिनयन प्रतिस्थापनको उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन गर्दै प्रमुख अतिथी खड्काले स्थानीयहरुले नै मिलेर काम गर्ने हो भने मुलुकको विकास चाडै हुने बताउदै धर्म र संस्कृति वचाउन पनि हामी सबै लाग्नपर्ने आग्रह गरे । 

स्वस्थानी व्रत कथामा उल्लेखित सत्यदेवीको दाँहिने आँखा पतन भएको ठाउँ हाल सिद्धकाली मन्दिर परिसरमा चैनपर नगरपालिका वडा नं. ६ निवासी हाल काठमाडौ वस्दै आएका लोकदर्शन श्रेष्ठ तथा उनको धर्मपत्नी इन्दिरा श्रेष्ठको लगानीमा सतिनयन तयार गरिएको हो । लाखौ रकम खर्चेर भारतको राजस्थानमा मार्वलद्वारा निर्मित ३ सय ८० केजीको सतिनयन मन्दिर परिसरमा प्रतिस्थापन गरिएको श्रेष्ठले बताए । धार्मिक आस्था एवं पर्यटकीय विकासमा टेवा पुगोस भनेर सतिनयन प्रतिस्थापन गरिएको समेत श्रेष्ठले बताए । 

प्रतिस्थापन कार्यक्रमको अवसरमा मन्दिर संरक्षक सर्वद्धन समितिका अध्यक्ष भरतकुमार खत्रीले चैनपुर नगरपालिकाबाट बाहिर रहेर यस ठाउँ प्रति माया गरेर सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिर्दै यस पवित्र भूमिमा धार्मिक पर्यटक बढेको बताए । 

धार्मिक एवं समाजसेवी व्यक्तित्व लोकदर्शन श्रेष्ठ तथा उनको धर्मपत्नी इन्दिरा श्रेष्ठले आफ्ना पितृहरुको संम्झनामा सतिदेवीको दायाँ नयन (सतिनयन ) प्रतिस्थापन गरी धार्मिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मन्दिर संरक्षण संवद्र्धन समितिद्वारा श्रेष्ठ दम्पतीलाई सम्मान समेत गरिएको थियो। 

कार्यक्रममा राष्ट्रिय भूमि आयोग संखुवासभाका अध्यक्ष शंकरमान कँडेल, समाजसेवी एवं वद्धिजिवी दिपक लिम्बू, सशस्त्र प्रहरी अरुण गुल्म नं.४ चैनपुरका प्रमुख डिएसपी सञ्जीव पोखरेल, इलाका प्रहरी कार्यालय चैनपरका प्रमुख बाबुराम कार्की, ईलाका प्रशासन कार्यालय चैनपरका प्रमुख दिनेश वस्नेत, चैनपुर नगरपालिका प्रमुख प्रशसकीय अधिकृत सन्तोष श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारी, पाँचखपन नगरपालिकाका उपमेयर सुमना श्रेष्ठ लगायत सरकारी कार्यालय तथा सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, निर्वाचीत जनप्रतिनिधीहरु, भक्तजन लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै