मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

संखुवासभा :
लागुऔषध गाँजा सहित विभिन्न मुद्धाका फरार अभियुक्त विकास राई पक्राउ

Sankhuwasabhapress 613+ समाचार ( )
१९ मंगशिर २०८०, मङ्गलबार

संखुवासभा । विभिन्न मुद्धामा प्रहरीको खोजीमा रहेका संखुवासभाका एक फरार अभियुक्त पक्राउ परेका छन् ।

चिचिला गाउँपालिका–३ ढोलबाजे टोल बस्ने ३५ बर्षीय विकास राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताए । प्रतिबन्धित गाँजा विक्रिवितरण गर्ने सुचनाको आधारमा खोजतलास गर्दै जाँदा १ किलोग्राम ४५६ ग्राम गाँजा सहित खाँदबारी नगरपालिका–७ नमुना टोलबाट आइतबार राती ९ः२० बजेको समयमा पक्राउ परेको प्रहरीले जनाएको छ । 

विभिन्न सार्वजनिक मुद्धा र अपराधमा संलग्न रहेका राईले पछिल्लो समयमा मानिसहरुलाई कुटपिट गर्ने, ब्यक्तिगत सम्पत्तिहरु तोडफोड गर्ने र खाँदबारी, चिचिला लगायतका क्षेत्रमा प्रतिबन्धित गाँजा विक्रिवितरण गर्ने लगायतका कामहरु गर्ने गरेको प्रहरीमा सुचना आएको प्रहरीको भनाइ छ । 

०६७ सालमा प्रतिवादी राईले संखुवासभाका एक पत्रकारलाई मरणासन्न हुने गरि कुटपिट समेत गरेका थिए । प्रहरीको अनुसार, राई ०६५ साल देखि हालसम्म बर्सेनि सार्वजनिक मुद्धा, ज्यान मार्ने उद्योग मुद्धा र लागुऔषध कारोबार गर्ने लगायतको मुद्धा गरि ९ वटा मुद्धा दायर भएको अभिलेखमा पाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिवादी राईलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार