मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

हाते ट्याक्टर :
खाँदबारी-११ का १६ जना कृषकलाई हाते ट्याक्टर वितरण

Sankhuwasabhapress 612+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

संखुवासभा । जिल्लाका खाँदबारी नगरपालिका–११ का १६ जना कृषकलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको छ ।

सोमबार एक कार्यक्रम बीच ११ नम्बर वडाभित्रका कृषकहरुलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको हो । चालु आर्थिक बर्ष २०८१/०८२ को वडास्तरीय योजना मार्फत कृषकहरुलाई उक्त समाग्रीहरु लागत सहभागीतामा वितरण गरिएको ११ नम्बरका वडाध्यक्ष अनिल राईले बताए । उनले वडाभित्रका कृषकहरुको माग प्रस्ताव आह्वान गरि बस्तुस्थितीको आधारमा वडाले कृषक छनौट गरेको बताए ।

वडाभित्रका नागरिकहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यका साथ प्रविधिमैत्री हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्ष राईको भनाइ छ । ‘वडाको अनुदान प्रदान गरिएको कृषकहरुले घर–घर र करेसाबारीमा नै पुगेर नियमित अनुगमन गछौं । वडाको अनुदानको दुरुपयोग नहोस् भन्ने हाम्रो अनुरोध छ ।’–वडाध्यक्ष राईले भने ।

चालु आवमा वडाबाट विनियोजित ४ लाख रुपैया र कृषक लागत सहभागीता ४ लाख गरि कुल ८ लाख रुपैयाको बजेटबाट सामान खरिद गरि वितरण गरिएको वडाध्यक्ष राईले बताए । कृषकहरुले ५० प्रतिशत अनुदानमा प्रतिब्यक्ति २६ हजार रुपैया वडामा बुझाउनु पर्ने वडा कार्यालयको भनाइ छ । 

हाते ट्याक्टर पाएपछि खाँदबारी–११ का कृषक दुर्गबहादुर गुरुङले खुशी ब्यक्त गरे । उनले हाते ट्याक्टरले काम गर्न छिटो छरितो र गोरु पाल्नु पर्ने झन्झट समेत मुक्त गरेको बताए ।

गाउँ–गाउँमा पछिल्लो समय कृषकहरु गोरु पाल्नुभन्दा हाते ट्याक्टर तर्फ आकर्षण बढेको पाइएको छ । धेरै जसो कृषकहरुले मलको लागि गाई पाल्ने र जोत्नका लागि हाते ट्याक्टर चलाउने गरेको कृषकहरु बताउँछन् । 

Vedio link : https://www.youtube.com/watch?v=Pct7Vh_MG1c&t=1s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार