मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

दादुरा रुबेला खोप :
खाँदबारी नगरपालिकाले दादुरा–रुबेलाको खोप अभियान ४५ ठाउँमा संचालन गर्ने

Sankhuwasabhapress 613+ समाचार ( )
२७ फाल्गुन २०८०, आइतबार

संखुवासभा । खाँदबारी नगरपालिकाले नगर क्षेत्र भित्रका पाँच बर्षमुनीका बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउन अभियान नै संचालन गर्ने भएको छ ।

बुधबार खाँदबारी नगरपालिकाको सभाहलमा सरोकारवालालाई निमन्त्रणा गरि अभियान बारे जानकारी दिइएको हो । नगरपालिकाले वडास्तरिय खोप समन्वय समितिलाई अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरिसकेको जनाएको छ ।

जिल्लाभर नै दादुरा रुबेला खोप सफल पार्न अभियानको रुपमा संचालन भईरहँदा खाँदबारी नगरपालिका पूर्ण रुपमा तयारी अवस्थामा पुगेको जनाएको छ । नगरभित्रका कोही पनि ९ महिना देखि ५९ महिना अर्थात ५ बर्षमुनीका दुई हजार ७ सय ४९ जना बालबालिकाहरु दादुरा रुबेला खोप लगाउनबाट बञ्चित नहोस भनेर अभियानकै रुपमा संचालन गरिएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए । 

खाँदबारी नगरपालिका भित्रका ११ वटा वडाको ४५ वटा केन्द्रमा यहि फागुन २७ गते देखि चैत्र २ गते सम्म ६ दिन खोप केन्द्र तोकीएको खाँदबारी नगरपालिकाका स्वास्थ्य संयोजक दिलिप श्रेष्ठले जानकारी दिए । उनले अभियान सफल पार्न सबैले हातेमालो गर्न समेत अपिल गर्दै खबर र प्रचारप्रसार गरिएको बताए । 

संखुवासभा जिल्लाभर १३ हजार १४८ जना नौ महिना देखि पाँच बर्षमुनीका बालबालिकाहरु रहेका छन् । उनीहरुलाई एकैसाथ खोप अभियान अन्तर्गत लगाइने तयारी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार