मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

माल्टामा तिहारको अवसरमा भलिवल तथा नृत्य प्रतियोगिता हुने

Sankhuwasabhapress 613+ समाचार ( )
२३ कार्तिक २०८०, बिहीबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–५ माल्टामा शुभदिपावली (तिहार) र छठ पर्वको अवसरमा भलिवल तथा नृत्य प्रतियोगिता हुने भएको छ ।

ओडारे सिंहदेवी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा टोलस्तरीय भलिवल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक धनबहादुर सुवेदीले बताए । उनको अनुसार, कात्तिक ३० गते देखि मंसिर ३ गते सम्म कार्यक्रमको आयोजना गरिएको छ ।

टोलस्तरीय भलिवल प्रतियोगितामा खाँदबारी नगरपालिका वाड नम्बर ५ र ६ भित्रका टोलहरुले मात्रै सहभागीता जनाउन पाउनेछन् । प्रथम पुरस्कार नगद २० हजार, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार नगद १० हजार, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार नगद ५ हजार, मेडल र प्रमाणपत्र रहेको छ । 

त्यसैगरि खुल्ला नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद ५ हजार र प्रमाणपत्र, दोस्रो नगद ३ हजार र प्रमाणपत्र र तेस्रो पुरस्कार २ हजार र प्रमाणपत्र रहेको छ । 

०५२ सालमा स्थापना भएको सामुदायिक वनद्धारा आयोजित कार्यक्रम सामुदायिक वनको खेलमैदान माल्टा पुच्छारमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार