मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

भलिवल :
जिल्लास्तरीय छात्र भलिवल प्रतियोगिताको उपाधी हिमालय खाँदबारीको पोल्टामा

Sankhuwasabhapress 614+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार
  • मोहनकुमार राई

संखुवासभा (चैनपुर) । जिल्लास्तरीय अन्तरमावि छात्र भलिवल प्रतियोगितामा हिमालय माध्यमिक विद्यालय खाँदबारीले पोल्टामा पारेको छ । 

स्वतन्त्र विद्यार्थी युनियन संखुवासभा बहुमुखी क्याम्पस चैनपुरद्धारा आयोजित जिल्लास्तरीय अन्तर मावि÷क्यामपस छात्र भलिवल प्रतियोगितामा जिल्लाभरका विभिन्न १२ टिमले खेलमा भाग लिएको स्वतन्त्र विद्यार्थी युनियनका सचिव भरत अधिकारीले जानकारी दिए । 

संखुवासभा बहुमुखी क्याम्पसको ४३ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुको संस्था स्ववियुले “विद्यार्थी एकता र सहकार्यका लागि खेलकुद” भन्ने मुलनाराका साथ बुधबार देखि शुरु भएको भलिबल खेलको आज (शुक्रबार) सम्पन्न भएको स्ववियुका अध्यक्ष आमोद कार्कीले जानकारी दिए । प्रतियोगितामा आकाश बुढाथोकीले मुख्य रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।

तीन दिन सम्म खेलाइएको उक्त प्रतियोगितामा दोस्रो स्थान शारदा मावि पोखरीले प्राप्त गरेको थियो । यसैगरी सरस्वती मावि चैनपुर र हिमालयकिरण पब्लिक क्याम्पस खाँदबारी  सेमिफाइनलमा चित्त बुझाउन बाध्य भए । 

विजेता टिमलाई शुक्रबार एक कार्यक्रम बीच नगदपुरस्कार, प्रमाणपत्र, मेडल, ट्रफी प्रदान गरिएको थियो । प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो २० हजार र सेमिफाइनलिस्ट टोलीले १०÷१० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको क्याम्पस प्रमुख चुडाबहादुर कटुवालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार