मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

सूनील श्रेष्ठ :
नेकपा एमालेको भातृ संगठन खेलकुद महासंघका जिल्ला अध्यक्ष श्रेष्ठले दिए राजिनामा

Sankhuwasabhapress 614+ समाचार ( )
२१ माघ २०८२, बुधवार

संखुवासभा । नेकपा एमालेका भातृ संगठन नेपाल खेलकुद महासंघ संखुवासभाका जिल्ला अध्यक्ष सूनील श्रेष्ठले राजिनामा दिएका छन् ।

खाँदबारी नगरपालिका–९ घर भएका श्रेष्ठले नेकपा एमाले पार्टी भित्र राजनीति ब्यक्ति हावी र चरम गुटबन्दी भएको कारण असन्तुष्टि जनाउर्दै कुनैपनि तह र संगठनमा नरहने गरि राजिनामा दिएको विज्ञप्ति मार्फत जनाएका छन् ।

मंगलबार विज्ञप्ती जारी गर्दै श्रेष्ठले भनेका छन,–‘नेपाल खेलकुद महासंघको संगठनलाई सबै पालिका र वडातह सम्म र पार्टीका नयाँ युवाहरूलाई संगठित गरेँ । यसमा साथीहरू र पार्टीका आम कार्यकर्ता पंक्तिको सहयोग उत्साहजनक नै थियो । विगतमा पनि युवा संघमार्फत युवा साथीहरूलाई पार्टी र संगठनसँग जोड्ने म जस्ता इमानदार कार्यकर्ता र पार्टीको असल सिपाहीको रूपमा सधैँ योगदान गर्दै आएको छु ।’

अहिले मनभित्रबाट नै एमाले प्रति वितृष्णा जागेको बताउर्दै श्रेष्ठले भन्छन,–‘पार्टी भित्रका विकृति र नेताहरूका गल्ती कमजोरी औंल्याउदा कारबाहीको सिकार हुनुपर्ने, हाम्रो र विगतका कामका आधारमा जिम्मेवारी पाउनुभन्दा गुट र नेता विशेषको रुचिलाई प्राथमिकता पाउने, पार्टीलाई सुदृढ बनाउन आएका युवाहरूको मनोबल गिराउने साथै राजनीति निश्चित व्यक्तिहरूले मात्र गर्नसक्छन भन्ने भाष्य सिर्जना गर्ने प्रवृत्तिले मलाई नेकपा एमालेमा नै संगठित रहन असहज अनुभव भयो ।’

लामो समय देखि नेकपा एमालेको संगठन र पार्टी बनाउन योगदान दिएका श्रेष्ठ खाँदबारी नगर सचिवालय सदस्य समेत रहेका थिए । चुनावको मुखमा श्रेष्ठले पार्टी परित्यागलाई महत्वपूर्ण रूपमा हेरिदै आएको छ । अहिले नेकपा एमालेबाट संखुवासभामा प्रतिनिधिसभा उम्मेदवार बनेका डा. अर्जुनकुमार कार्कीलाई टिकट ल्याउन समेत निकै कसरत रहेको श्रेष्ठको दावी छ । नेकपा एमालेमा सक्रिय रही जिल्लास्तरको राजनीतिमा लागेपनि अब कुन पार्टीसँग आवद्ध रहने भन्ने बारेमा भने श्रेष्ठले खुलाएका छैन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार