मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

विराटनगर
महिला पत्रकारहरुका लागि क्षमता विकास कार्यशाला सम्पन्न

Sankhuwasabhapress 613+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार
  • नविनकला जैरु

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागको आयोजना सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिकाको सहकार्यमा महिला पत्रकारहरुको लागि क्षमता विकास कार्यशाला सम्पन्न भएको छ ।

मंगलबार आयोजित कार्यशालाको एक कार्यक्रम बीच कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सम्शेर राईले उद्घाटन गरेका थिए । 

विराटनगरमा आयोजित उक्त कार्यशालामा कोशी प्रदेशका भोजपुर बाहेकका १३ जिल्लाका महिला पत्रकारहरुको सहभागीता रहेको थियो । उक्त कार्यशाला गोष्ठीले नौ बुदे घोषणापत्र जारी गर्खै समापन गरेको हो ।

जसमा पत्रकार महिलाहरुको पेशागत, भौतिक तथा आर्थिक सुरक्षाको सुनिश्चतता गर्नुपर्ने, पत्रकार महिलाहरुले सञ्चालन गरेको स्वरोजगार मूलक सञ्चारमाध्यमहरुलाई टिकाई राख्न तीनै तहका सरकारले विशेष सेवा सुविधा उपलब्ध गराउन पर्ने, मिडिया हाउसलाई महिलामैत्री बनाउन पर्ने, आदिवासी जनजाति, दलित, अल्पसंख्यक पत्रकार महिलाहरुलाई पेशा प्रति आकर्षित गर्दै यहि पेशामा टिकाई राख्न विशेष व्यवस्था गर्नपर्ने, गर्भावस्था सुत्केरी अवस्थामा श्रमजीवि पत्रकार ऐनले व्यवस्थाले तोकेअनुसारको सेवासुविधा उपलब्ध गराउनुपर्ने, पत्रकार महासंघको नेतृत्व तहमा पत्रकार महिलाहरुलाई सहभागी गराउनुपर्ने लगायतका ९ बुँदे घोषणापत्र जारी गरेको हो ।

उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख दुर्गा बराल  लगायत  अग्रज महिला पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यशालाको अध्यक्षता नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवहाक अध्यक्ष लवदेव ढुङ्गानाले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार